Instagram Linkedin Youtube

Latest News

निर्माण सामग्री छनोट गर्ने तरिका!!

यो लेख मा हामिले साधारन तरिकाले इट्टा,गिट्टी र बालुवा कसरी छ्नोट गर्ने बारे सटिक बुदा हरु दिने कोसिस गरेका छौ 

इट्टा

१) राम्रो सग पाकेको कुनै पनि इट्टा लाई फलाम जस्तै गाडी को चापि,काटी ले हिर्काउद ट्याङ ट्याङ मेटालिक आवाज आउनु पर्छ ।

२) कुनै पनि इट्टा १ मिटर माथी बाट भुइ जमिन मा खसाल्दा फुट्नु हुँदैन ।

३) इट्टा भिजाउदा इट्टा ले आफ्नो तौल को कम्ती मा २०% पानी सोस्न सक्ने हुनुपर्छ ।

४) इट्टा को आकार र रङ एकनास को हुनु पर्छ ।

गिट्टी 

१) बलियो गिट्टी को रङ कालो,निलो हुनु पर्छ । सेतो गिट्टी निर्माण को लागी उचित हुँदैन ।

२) गिट्टी को आकार गोलाकार्,एक नास को हुनु हुँदैन ।सके सम्म कुटेको गिट्टी प्रयोग गर्नु पर्छ ।

३) माटो लागेको गिट्टी प्रयोग गर्नु हुँदैन । आवसेक्ता अनुसार पखालेर प्रयोग गर्नु पर्छ ।

४) घर निर्माण मा २०-३० डाउन गिट्टी प्रयोग गर्न सकिन्छ । यो भनेको २,३ centimeter को जाली बाट चाल्दा छिर्ने गिट्टी भनेर बुझ्नु पर्छ ।

बालुवा

१) बालुवा मा माटो को मात्रा हुनु हुँदैन ।एउटा पानी को बोतल मा बालुवा हालेर घोल्दा माटो धमिलो रङ देखियो भने त्यो बालुवा उचित हुँदैन ।

२) ढलान को बालुवा मोटो,खस्रो खाल को हुनु पर्छ ।

३) वाल जोडाइ को लागी प्रयोग हुने बालुवा दाना दार भएको हुनु पर्छ र २ न । को जाली बाट छानेर प्रयोग गर्नु पर्छ ।

४)  प्लास्टर को लागी मसिनो खोला को बालुवा प्रयोग गर्नु उचित हुन्छ । एस्को लागी प्लस्टिक ड्रम मा पानी भोरेर १ न जाली प्रयोग गरी छान्नु भयो भने भविस्य मा ९०% क्रायक  बाट जोगाउछ ।

Comment