Instagram Linkedin Youtube

Latest News

घर बनाउनलाई जग्गा हेर्दै हुनुहुन्छ भने बिचार गर्नै पर्ने केहि बिषयहरु

१५ जेठ २०७८ , शनिवार

जग्गा हेर्दै हुनुहुन्छ ?? अधिकांश सेवाग्राहीको मनमा खड़किरहने  एउटै पहिलो प्रश्न नै आफुलाई सुहाँउदो  घर बनाउनलाई कस्तो जग्गा किन्दा वा लिंदा उत्तम हुन्छ भनेरै नै हो आखिर नहोस पनि किन , अधिकांश को सपना हुन्छ , रहर हुन्छ आफ्नो एउटा बासस्थानको कल्पना गरेको हुन्छ  लामो  समयको दुख , परिश्रम संचयको प्रतिफलको  स्वरूप घर बनाउनलाई जग्गा हेरिरहेको समयमा केहि महत्त्वोपूर्ण कुरा बिचार गर्ने हो भन्ने मनको दुबिधलाई भनी पक्कै मेटाउन   सकिन्छ भौगोलिक बिबिदाता ले भरिएको देशमा हिमाल , पहाड तराइमा फरक किसिमका विविद्ता देख्न पाइन्छ

जग्गा किन्दाको समयमा लगानी प्रमुख कारण भै नै हाल्यो तर एकमात्र कारण भनी पक्कै हैन त्यस बाहेक जग्गा रहेको ठाउं बाट  आवस्यक अन्य ब्यबस्ता जस्तै अस्पताल ,ब्यापारिक केन्द्र , बिदयालायाको पहुच ,ढल , पानि फोहोर ब्यबस्थापनको को निकास , माटोको प्रकार जस्ता चिजहरुलाई नि ध्यानमा राख्नु पर्ने  हुदछ

जग्गा बाटोको तह बाट केहि उचाइमा हुदा ढल पानि को ब्यबस्ता , पानीको निकासा को सजिलो हुन्छ जग्गा बाटोको तह बाट होचो जग्गामा भने निर्माणको बेलामा underground  तल्लाको निर्माण वा प्लिन्थ्को उचाइ धेरै चाहिने निर्माण खर्चिलो  पनि हुन सक्छ

भनिन्छ नि रुमाल पाटे जग्गा भनेर , येत्तिकै यो कुरा भनिएको हैन , जग्गा लिदा सकेसम्म आकारमा पनि चटक्क  मिलेको , चुच्चा चुच्चि नभएको  नापी नक्सा अनुसार मिल्दो जुल्दो हेर्नु पर्दछ , यो बिषयमा  ध्यान नदिदा नक्सा बनाउन आउदा नक्सा बनाउने प्राविधिक ले धेरै जग्गा छोडिएको जस्तो देखिने गर्दछ   हुन पनि  सुनको दाम झैँ किनेको जग्गा खाली एत्तिकै कसलाइ  छोड्न मन लाग्छ तर पनि नियम पालना गर्नै पर्ने हुन्छ अखिर जग्गाको कुल क्षेत्रफल मध्य घर बनाउनको  लागि कत्ति जग्गा प्रयोग गर्न सकिन्छ  ?

जग्गामा पहुँच को सडक कतिको चौडाई को , सकेसम्म २० फिट त्यो भन्दा माथि को बाटोको चौडाईलै राम्रो मान्न सकिन्छ  , अधिकांस नगरपालिकाहरुमा भने नया जग्गा प्लान्निन्ग्का लागि न्युनतम मि (२० फिटको बाटो हुनुपर्ने भन्ने प्राबधान भने , घर बनाउनलाई  पनि प्रस्तावित सडक मि ( १३ फिट) भन्दा कम भएमा  नक्सा पास नहुने नियम मुल सडक बाट जग्गा सम्म को बाटोको दुरी ,

जग्गा रहेको क्षेत्रको बर्गिकरण , पालिका केन्द्रबाट निर्दारित GLD ( Guided  Land Development  ) को अनुरुप प्रस्तावित सडक को लागि चाहिने दूरी R .O . W  (RightOfWay ) छोदुनुपर्नी हुन्छ जुन कुरा सम्भंदित वडा वा पालिका स्थर बाट सूचना लिन सकिन्छ झ्याल ढोका राख्नलाई नुनातम .५२ मि ( फिट) छोड्नुपर्ने हुन्छात्यसबाहेक अन्य प्राभिधिक पाटोमा आवासीय भवनको लागि जग्गाको अधिकतम ७०% , ब्यबापरिक प्रयोजनको भावनाका लागि ६०% , अन्य प्रयोजनको लागि निर्दारित प्रतिसत जग्गा मात्रै ओघटन सकिने हुन्छ   , नहर, राजकुलो , सार्बजानिक जग्गा , खोला , hightensionline को मापदण्ड अनुसार जग्गा छोड्नुपर्ने हूदछ

यी सबै पाटो केलाएपछि , लिनु भन्दा  अघि उक्त जग्गा भित्र बाट चल्दै आएको बाटो , ढल नीकासी बन्द गर्न नमिल्ने हुँदा यी चिजलाई मध्यनजर गर्नु हुन्न , सधियार हरु संग केहि बिबाद छ भए कारण र समाधानको एकिन गरि हात हाल्दा राम्रो । ट्रेश नक्सा - blueprint  संग मेल खानी जग्गा भए कानुनी बिबत बाट टाडा बस्न सकिन्छ ।

अन्तत सबै पाटोहरुलाई मध्यनजर गरेर जग्गा लिएमा वा जग्गा खरिद को टुंगो लगाउदै हुनुहुन्छ भने एकपटक घर जग्गा सम्बन्धित बिज्ञा   प्राबिधिकको  राय सल्लाह लिंदा अनावस्यक झै-झमेलाबाट टाडा भने पक्कै पनि रहन सकिन्छ ।

Comment